Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीमा ग्रेडरले कुल्चिएर छात्राको मृत्यु, कर्फ्यु तोडेरै विद्यार्थीको आन्दोलन जारी 


    शुक्रबार, मंसिर १६ २०७९
    535
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । हिजो बिहीबार धनगढीमा ग्रेडरले किचेर विद्यार्थीको मृत्यु भएपछि सुरु भएको आन्दोलन आज पनि विद्यार्थीले कर्फ्यु तोडेरै जारी राखेका छन् ।  उक्त ग्रेडरले ठक्कर दिँदा पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएको थियो । धनगढी–५ तारानगरकी साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा किच्दा मृत्यु भएको थियो ।

    सो विषयलाई लिएर धनगढीमा कर्फ्यु तोडेर आज पनि विद्यार्थीले आन्दोलन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।

    तर प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरे पनि विद्यार्थीले भने शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका हुन् । प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । विद्यार्थीले डिभोटी चोकमा आन्दोलन गरिरहेका हुन् । 

    उनको मृत्युपछि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । उनीहरूले सडकमा टायर जलाउँदै प्रदर्शन गरेका थिए । भने केही विद्यार्थी पक्राउ समेत परेका छन् ।

    dhangadi-andolan.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार