Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज नेप्सेसँगै बढ्यो कारोबार रकम


    बिहिबार, मंसिर १५ २०७९
    900
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

    हिजो बुधबार करिब साढे ३ अंकले घटेको नेप्से आज भने ११.२२ अंकले बढेर (०.५८) एक हजार ९६१.०६ को विन्दुमा कायम भएको छ। 

    यसदिन कारोबार रकम पनि बढेको छ । आज एक अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँबराबरको कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ४८ करोड दुई लाखले बढेको हो । बुधबार ८४ करोड २६ लाख  बढेको कारोबार भएको थियो । 

    यस्तै, यस दिन २४१ धितोपत्रको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ ।

    बिहीबार सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले बढेको छ । यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । जीवन बिमा समूहको सर्वाधिक १.२८ प्रतिशतले समूहगत सूचक बढेको छ ।

    यस दिन धौलागिरि लघु वित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । सिटिजन म्युचुअल फन्ड १ को सेयर मूल्य सर्वाधिक ३.६४ प्रतिशतले घटेको छ । आज निर्जीवन बिमा समूहको ०.२० प्रतिशतले घटेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार