काठमाडौँ । कतारको राजधानी दोहामा जारी २२औं संस्करणको फिफा विश्वकप २०२२ अन्तर्गत आजबिहीबार पनि चार खेलहरु खेल हुँदैछन्। आज समूह चरण अन्तर्गत समुह इ र एफका अन्तिम चार खेलहरु हुदै छन् ।
नेपाली समय अनुसार राति ८ः ४५ बजे दुई खेल हुदैछन् । समुह एफ अन्तर्गत आज क्यानडा र मोरक्कोबीच तथा क्रोसिया र बेल्जियमबीच हुदैछ ।
समुह एफबाट क्यानडा यसअघि लगातार दुई खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै नकआउट चरणका लागि दुई स्थानका लागि क्रोसिया, मोरक्को र बेल्जियमको प्रतिष्पर्धा रहेको छ । अहिले क्रोसिया र मोरक्कोको २–२ खेलमा ४–४ अंक हासिल गरेका छन् र समुहमा पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै बेल्जियमको २ खेलमा ३ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ । यस समुहबाट बेल्जियम नकआउट चरणमा पुग्न जित आवश्यक रहेको छ भने क्रोसियाले कम्तिमा बराबरी खेलेमा पनि नकआउट चरणमा पुग्ने छ । त्यस्तै मोरक्कोको लागि पनि जितले नकआउट चरणमा पुर्याउने छ ।
त्यस्तै आज राति नेपाली समय अनुसार १२ः ४५ बजे पनि दुई खेल हुदै छन् । समुह इ का कोस्टारिका र जर्मनी तथा जापान र स्पेनबीच खेल हुदै छन् । समुह इ मा सबैभन्दा खतरामा जर्मनी रहेको छ ।
यस खेलमा जर्मनीलाई जितले पनि नकआउट चरणमा नपुर्याउन सक्छ । जर्मनीले जिते पनि स्पेन र जापानबीचको नतिजाले मात्र जर्मनीको नकआउट चरणको यात्रा टुंगो लाग्ने छ ।
हालसम्म १० टोली नकआउट चरणमा पुगिसकेको छ । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल, समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका, समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड र समूह ‘डी’ बाट फ्रान्स र अष्ट्रेलिया अन्तिम १६ मा पुगेका छन् । ब्राजिल र पोर्चुगल पनि एक खेल अगावै प्रि–क्वाटरफाइनलमन पुगिसकेका छन् ।