Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरि बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति ?


    बिहिबार, मंसिर १५ २०७९
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।

    आज सुनको भाउ तोलामै ५ सय रुपैयाँले बढेको छ।  बुधबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको थियो। आज सुनको भाउ बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर १ हजार ३ सय ३० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोलामा पाँच रुपैयाँले बढेर एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार