Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  मकवानपुरमा सवारी दुर्घटना हुँदा एक पुरुषको मृत्यु


    बुधबार, मंसिर १४ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • हेटौंडा।  मकवानपुरमा सवारी दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। 

    धरानचतरा सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ मा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको थियो । मृत्यु हुनेमा मोटरसाइकल चालक बकैया–५ श्रीपुर बस्ने ३० वर्षीय श्याम लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    मंगलबार राति १० बजेतिर हात्तिसुँडेबाट श्रीपुरतर्फ जाँदै गरेको प्रदेश–२ ०३०१८ प २५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा दुर्घटनामा परेको थियो। 

    दुर्घटना परी गम्भीर घाइते लामालाई उपचारका लागि हेटौंडा–११ थाहाभर्याङस्थित चुरेहिल अस्पताल ल्याइएको थियो। लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार