Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सुन-चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ? 


    बुधबार, मंसिर १४ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार बुधबार सुन-चाँदीको भाउ बृद्धि भएको छ । आज मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले बढेको हो ।

    आज छापावाल सुनको भाउ बढेर ९७ हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि प्रतितोला ९७ हजार ४०० रुपैयाँ रहेको थियो। 

    यसैगरी प्रतितोला ९६ हजार ९०० रुपैयाँ रहेको तेजावी सुन आज ९७ हजार १०० रुपैयाँ कायम भएको छ। 

    यता चाँदी प्रतितोलामा पाँच रुपैयाँले बढेर एक हजार २९० रुपैयाँ पुगेको छ। यसअघि प्रतितोला एक हजार २८५ रुपैयाँ रहेको महासंघले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार