काठमाडौं। कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आज बुधबार ४ खेलहरु हुँदैछन्। आज जसमध्य समूह ’सी’ र समूह ’डी’ का दुई/दुई खेल हुनेछन् । समूह चरणको अन्तिम प्रतिस्पर्धाअन्तर्गत ४ खेल हुने भएका हुन्।
पहिलो खेल समूह ‘डी’ का ट्युनिसिया भर्सेस फ्रान्स र अस्ट्रेलिया भर्सेस डेनमार्कबीच हुँदैछ। नेपाली समय अनुसार यो खेल राति ८:४५ बजे सुरु हुनेछ।
यस खेलहरूबाट समूह ’डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यो समूहबाट फ्रान्स यसअघि सुरुका दुई खेल खेल्दै नै नकआउट चरणमा पुगिसकेको छ ।
दोस्रो दुई खेलमा समूह ‘सी’ का पोल्याण्ड भर्सेस अर्जेन्टिना र साउदी अरेबिया भर्सेस मेक्सिकोबीच भिडन्त हुँदैछ। यो खेल राति १२:४५ बजे हुनेछ।
समूह ‘सी’ को अर्जेन्टिनालाई समूह चरणमा पुग्न चर्को दबाब छ। पहिलो खेल साउदी अरेबियासँग हारेपछि अर्जेन्टिना चर्को दबाबमा आएको थियो। अर्जेन्टिनाले दोस्रो खेलमा भने मेक्सिकोलाई २–० गोलले हराएको थियो।
यस समूहबाट ४ अंकसहित पोल्याण्ड शीर्ष स्थानमा छ भने अर्जेन्टिना र साउदीको समान ३–३ अंक छ। मेक्सिकोको भने १ अंक छ।
अर्जेन्टिनाका लागि भने यो खेल जित्नै पर्ने अवस्था रहेको छ भने पोल्याण्डले बराबरी खेलेमात्र पनि नकआउटमा पुग्न सक्ने अवस्था रहेको छ ।