Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एउटै मण्डपमा २६ जोडी बरबधुको सामूहिक विवाह 


    बुधबार, मंसिर १४ २०७९
    600
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । जनकपुरधाममा एकै समारोहमा २६ जोडी युवा युवतीको सामूहिक विवाह सम्पन्न भएको छ। विश्व हिन्दू परिषद नेपालले विगत चार वर्षदेखि विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा सामूहिक विवाह गर्दै आएको छ । गत वर्ष एकै समारोहमा पनि २२ जोडिको विवाह सम्पन्न भएको थियो । 

    यसवर्ष २६ जोडी युवायुवतीको एकै समारोहमा सामूहिक विवाह सम्पन्न भएको हो । परिषदले यस वर्ष पनि विवाह पञ्चमीको अवसर पारेर माता सिता र भगवान रामको प्रतिकात्मक विवाह भएको मण्डप जानकी मन्दिर प्रांगणमा मंगलबार विभिन्न जातजातिका २६ जोडी बरबधुको सामूहिक विवाह सम्पन्न गराएको छ । 

    जनकपुरधामलाई वैवाहिक गन्तब्यका रुपमा विकास र प्रचारप्रसार गर्न विवाह पञ्चमीको अवसरमा विगत चारवर्ष देखि भइरहेको सामूहिक विवाहलाई निरन्तरता दिँदै परिषदले यस वर्ष पनि २६ जोडीको सामूहिक विवाह गराएको आयोजकले जनाएको छ । 

    गरिब विपन्नहरुको विवाह पनि धार्मिक, समाजिक  अनुसार नै हुने भएकोले विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने तथा यस सामूहिक विवाहले समाजमा भाइचाराको विकास हुने आयोजकको भनाई छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार