Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय


    मंगलबार, मंसिर १३ २०७९
    810
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी दिनहरुमा पनि नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न आज मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो । 

    एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए । उनले भने, ‘ गठबन्धनलाई निरन्तरता दिनुपर्छ । गठबन्धनले निरन्तरता प्राप्त पनि गर्छ । गठबन्धनको बहुमत पनि पुग्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार