काठमाडौं । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बस्ती हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासीबस्तीका बासिन्दाहरुले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को राजीनामा माग्दै आन्दोलित भएका छन्।
उनीहरुले आज सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को शव राख्ने बाकस (कफिन)माथि फोटो राखेर पुत्ला जलाएका छन् ।
त्यहाँ आज बिहान ८ बजेदेखि यहाँ आन्दोलन जारी छ । बस्ती प्रवेश गर्ने सडकहरु उनीहरुले बन्द गराएका छन् । सडकभरी टायर र ढुंगा छरिएका छन् ।
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न महानगरपालिकाले सूचना दिएको तर उक्त सूचनाको बेवास्ता गर्दैै स्थानीय जबर्जस्ती बसिरहेपछि हिजो महानगरको टोली डोजरसहित गएको थियो ।
तर बस्तीमा पुग्दा सुकुम्बासी बस्तीका स्थानीयले घरेलु हतियारकोसमेत प्रयोग गर्दा १८ सुरक्षाकर्मी घाइते भएका थिए ।
बासिन्दाहरुले आफूहरुलाई उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै उनीहरुले आज बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए । त्यहाँबाट पुनः आफ्नै वस्तीमा फर्किएर उनीहरुले प्रदर्शन जारी राखे ।
अहिले उनीहरुले मेयर बालेन विरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुमध्ये केही सुकुम्वासी माइतीघर मण्डलामा सडकमै ब्यानर राखेर अनसनमा बसेका छन् ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend