एजेन्सी। टर्कीमा कुकुरले अन्जानमा कुल्चिएकाे बन्दुकबाट गोली चल्दा एक ३२ वर्षीय मालिकको मृत्यु भएकाे छ । कुकुरले बन्दुक पड्काउने ठाउमा कुल्चिदा ती व्यक्तिलाई गोली लागेको थियो । साम्सुन प्रान्तमा साथीसँग शिकार गर्न गएको बेला किजलान पठारमा ओज्गुर गेभ्रेकोग्लु मारिएका थिए ।
आफ्नो कुकुरलाई कारमा हाल्ने क्रममा जनावरको पन्जाले लोड गरिएको हतियारलाई छोयो र राइफलले गेभ्रेकोग्लुलाई छोटो दूरीबाट फायर गरेको थियो । घटना लगत्तै उनलाई अस्पताल लगिएको थियो जहाँ अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।
गेभ्रेकोग्लुको शवलाई अलाकम स्टेट अस्पतालको शवगृहमा राखिएको र उनको मृत्यु बारेमा थप अनुसन्धान भइरहेको छ ।