Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बन्यो 


    मंगलबार, मंसिर १३ २०७९
    695
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। पहिलो पटक संसदीय निर्वाचन सामना गरेको सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड ब्रेक गरेको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो । 

    थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ ।
     
    यस्तै पछिल्लो मतपरिणामअनुसार २६ लाख ७ हजार ४७२ मत ल्याएर नेकपा एमालेले अग्रता कायमै राखेको छ । २४ लाख ७० हजार २३४ ल्याएर कांग्रेसले पछ्याइरहेको छ ।

    तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ७९ हजार ९४, पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ५४ हजार ७५७ र छैटौं स्थानमा रहेको जसपाको ३ लाख ६७ हजार ७६० मत रहेको छ ।

    यससँगै थ्रेस होल्ड कटाउने पार्टीको संख्या ७ पुगेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार