Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरपालिकाले मापदण्ड विपरितका संरचना हटाउन निकाल्यो ३५ दिने सूचना


    मंगलबार, मंसिर १३ २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भरतपुर महानगरपालिकाले मापदण्ड विपरितका अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । आज मंगलबार एक सूचना प्रकाशन गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउन उक्त समय दिइएको  उल्लेख गरेको छ। 

    सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउण्डवाल,स्वीकृति नलिई भवनको अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थाई टहरा लयायतको अन्य संरचनाहरु सडकबाट फूटपाथमा सवारीसाधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाई गरी बनाइएका स्थायी रयाम्पहरु, नक्सापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी संचालनमा रहेका पसल, गोदाम, रेष्टुरेण्टमा प्रयोग भइरहेको बेसमेन्टहरु हटाउन महानगरले आग्रह गरेको छ ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सुन्दर र सुसंस्कृति शहरको रुपमा विकास गर्न अवैध संरचना हटाउन लागिएको बताइन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार