Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  करणी र डाँका मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 


    मंगलबार, मंसिर १३ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। जबर्जस्ती करणी र डाँका मुद्दामा फरार भएका धनपति ढुंगानालाई १५ वर्षपछि जिल्ला प्रहरी कार्यालय झापाले हिजो सोमबार पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ ।

    ७७ वर्षीय ढुंगाना झापा कन्काई नगरपालिका–४ का हुन् । जिल्ला अदालत झापाले १३ पुस २०६७ मा धनपतिलाई जबर्जस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसलगत्तै उनी फरार थिए ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार