Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलम्चीको सुरुङमा आजबाट पानी पठाउन थालियो 


    सोमबार, मंसिर १२ २०७९
    645
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी पठाउन सुरु गरेको छ । बाढीको उच्च जोखिम हुने भएपछि गत असारदेखि नै  सुरुङको ढोका बन्द गरिएको थियो । तर खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट फेरी सुरुङमा पानी पठाउन सुरु गरेको छ । 

    समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले भने,’आजदेखि हामीले पानी सुरुङमा पथान्तरण गरेका छौं, त्यही अनुसार पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आइपुग्न र प्रशोधन गर्न समय लाग्ने भएकाले उपत्यकामा पानी वितरण गर्न अझै १२ देखि १५ दिन लाग्छ।’

    गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको थियो । आयोजनाको हेडवर्क्समा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर पानी पथान्तरण गरिएको हो ।

    यसरी पानी सुरुङमा हाल्न बन्द गरिएको ६ महिना भएको छ। गत वर्ष बाढीले क्षति पुर्‍याएपछि बर्खामा सुरुङमा पानी पठाउन बन्द गर्न थालिएको हो।

    काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण गर्ने समितिको लक्ष्य छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार