काठमाडौँ। बर्दियामा कुटेर आफ्नै पत्नीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । गुलरिया नगरपालिका–१ घर भएका २७ वर्षीय बोधराज बस्नेतलाई जिल्ला प्रहरी कार्यालय बर्दिबाट खटिएको टोलीले हिजो आइतबार दिउँसो पक्राउ गरेको हो
उनीमाथि २६ वर्षीया पत्नी नानकला बस्नेतलाई कुटेर हत्या गरेको आरोप छ ।
बोधराजले कुटेर गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।