Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कतार विश्वकपमा आज ४ खेल: ब्राजिल र पोर्चुगल छुट्टाछुट्टै टोलीसंग भिड्दै 


    सोमबार, मंसिर १२ २०७९
    820
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं।  कतारको राजधानी दोहामा जारी २२औं संस्करणको फिफा विश्वकप २०२२ अन्तर्गत आज सोमबार पनि चार खेल हुँदैछन्। समूह चरण अन्तर्गत समूह जी र एचका दोस्रो चरणका दुई दुई खेलहरु हुन लागेका हुन् । आज ब्राजिल र पोर्चुगल पनि छुट्टाछुट्टै टोलीविरुद्ध मैदानमा उत्रिने छन् । 

    आजको पहिलो खेल समूह ‘जी’का दुई टोली क्यामरुन र सर्बियाबीच हुनेछ। दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। सर्बिया ब्रजिलसँग २–० ले तथा क्यामरुन स्वीट्जरल्याण्डसँग १–० ले पराजित भएको थियो । यो खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ।

    यस्तै आजको दोस्रो खेल समूह ‘एच’का दुई टोली दक्षिण कोरिया र घानाबीच हुनेछ। यी दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन्। यो खेल साँझ ६:४५ बाट सुरु हुनेछ।

    यस्तै आजको तेस्रो खेल समूह ‘जी’का ब्राजिल र स्विट्जरल्याण्ड पनि आजै भिड्दै छन्। राति ९:४५ बाट सुरु हुने यो खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्।

    सोही समूहको अर्को खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । यो खेल राति १२:४५ बजेबाट सुरु हुने छ । पोर्चुगल दोस्रो जितको खोजीमा हुनेछ भने उरुग्वे पहिलो खेल बराबरी खेलेपछि पहिलो जितको खोजीमा हुनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार