Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कञ्चनपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु


    आइतबार, मंसिर ११ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । कञ्चनपुरमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका-५ वडा कार्यालय नजिक सडकमा गाडीले ठक्कर दिएपछि युवकको मृत्यु भएको हो । 

    अहिलेसम्म नम्बर नखुलेको उक्त सवारी साधनको ठक्करबाट पैदलयात्री कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडा बस्ने ३६ वर्षीय लवदेव भट्टको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

    ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिएपछि फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार