काठमाडौं माइतीघरमा लैंगिक हिंसाविरुद्ध पर्फमेन्स आर्ट (फोटोफिचर)
आइतबार, मंसिर ११ २०७९
600
Shares
१ मिनेट पाठ
600
सेयर
काठमाडौं। आज आइतबार सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा विभिन्न कलाकारले लैगिक हिंसाविरुद्ध चेतनामूलक कार्यक्रम प्रस्तुत गरेका छन्।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्वभर लैगिक हिंसाविरुद्ध अभियान मनाउने गरिन्छ। लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ।
यसैक्रम मामाइतीघर मण्डलामा आज ‘लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट’ नामक सडक नाटक प्रदर्शनी गरिएको छ। उनीहरुले सामाजिक कुप्रथा बन्द गर, सम्पूर्ण महिला एक हौ, हिंसा गर्नेलाई कारबाही गर भन्दै र्याली लगाएका हुन्।
undefined
यसअघि शनिबार जोन्टा क्लब अफ काठमाडौंले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवर्द्धन गर्न वाकाथान आयोजना गरेको थियो।