काठमाडौँ। झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ निवासी २४ वर्षीय मीनबहादुर उप्रेती, सोही ठाउँका २४ वर्षीय अमृत सुन्दास, मेचीनगर-८ निवासी २० वर्षीय सुसन राजवंशी र बुद्धशान्ती गाउँपालिका-१ निवासी ३२ वर्षीय अर्जुन तामाङ रहेकोका छन्।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँचको क्रममा उनीहरूलाई मेचीनगर (७ बाट ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका चारैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।