पोखरा । यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नतिजा सार्वजनिक भएको ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका निर्वाचित भएका छन् । मुस्ताङ (क) बाट सबैभन्दा कान्छा सांसद निर्वाचित भए ।
कांग्रेस नेता नम्डु गुरुङ भर्खर ३३ वर्ष लागे । उनीजस्ता ४ सांसद ४० वर्ष मुनिका छन् । मुस्ताङकै प्रदेश सभा (ख) बाट कांग्रेसका ३९ वर्षिय विकल शेरचन सांसद बनेका छन् । म्याग्दीबाट पनि दुवै सांसद ४० वर्ष मुनिका छन् । प्रदेशसभा (क) मा माओवादीका हरि भण्डारी ३८ वर्ष तथा (ख) बाट माओवादीकै ३९ वर्षका रेशम जुग्जाली सांसद बनेका छन् । बागलुङ १ (ख) मा कांग्रेसका ३८ वर्षका डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।
गोरखा १ (ख) बाट निर्वाचित कांग्रेसका नन्दप्रसाद न्यौपाने ४२ वर्षका छन् । गोरखा २ (क) बाट निर्वाचित माओवादीकै फडिन्द्र देवकोटा ४६ वर्षका हुन् । मनाङ (क) बाट निर्वाचित भएका कांग्रेसका मुनिन्द्र जंग गुरुङ ४१ वर्ष भएका छन् ।
लमजुङ (क) बाट निर्वाचित भएका कांग्रेसका टकराज गुरुङ ४७ वर्ष लागे भने (ख) का सांसद कांग्रेसकै भेषबहादुर पौडेल पनि ४७ वर्षका छन् । कास्की ३ (ख) का सांसद कांग्रेसका प्रकाश बराल बल्ल ४३ वर्ष टेके । नवलपुर १२ (क) बाट एमालेकी पद्या जिसी ४७ वर्षको उमेरमा संसद छिरेकी छिन् । बागलुङ २ (क) मा कांग्रेसकै जीत शेरचन निर्वाचित भए । उनी बल्ल ४३ वर्ष भएका छन् । २ (ख) का दोर्ण कुवँर पनि ४२ वर्षका हुन् ।
११ जना सांसद ५० देखि ६० वर्ष उमेरका छन् । गोरखा २ (ख) बाट निर्वाचित भएका कांग्रेसका सुरेन्द्रराज पाण्डे ५८ वर्ष लागे । उनी मुख्यमन्त्रीका दावेदार समेत हुन् । कास्की १ (ख) का सांसद एमालेका बेदबहादुर गुरुङ ५२ वर्षका हुन् । कास्की २ (क) बाट एमालेका भीम कार्की ५२ वर्षको उमेरमा सांसद बने ।
कास्की २ (क) बाट निर्वाचित भएका एमालेका भीम कार्की ५२ वर्ष तथा (ख) बाट निर्वाचित कांग्रेसका विन्दुकुमार थापा ६५ वर्षका छन् । तनहुँ १ (क) बाट कांग्रेसका अशोक कुमार श्रेष्ठ ५९ वर्षका छन् भने १ (ख) बाट माओवादीका हरिबहादुर चुमान ५९ वर्षका छन् ।
नवलपुर १ (ख) बाट एमालेका रोशन गाहा थापा ५९ वर्ष पुगे भने २ (ख) बाट एमालेकै लक्ष्मण पाण्डे ५४ वर्षको उमेरमा सांसद बनेका छन् । बागलुङ १ (क) मा कांग्रेसका ५६ वर्षिय दीपेन्द्र बहादुर थापा निर्वाचित भए । पर्वत १(क) मा निर्वाचित एमालेका भक्त कुवँर ५६ वर्षको भए । स्याङजा १ (क) बाट एमालेकी ५६ वर्षिय सीता सुन्दास निर्वाचित भइन् भने १ (ख) मा एमालेकै ५१ वर्षका सुधिर पौडेल निर्वाचित भएका छन् ।
हालसम्मको नतिजा अनुसार कास्की २ (ख) का कांग्रेस सांसद विन्दुकुमार थापा सबैभन्दा बढी उमेरका छन् । उनी ६५ वर्षका भए । पर्वत (ख) बाट निर्वाचित भएका मित्रलाल बस्याल पनि समान ६५ वर्षकै छन् । उनी एमालेबाट विजयी भएका हुन् । तनहुँ २ का दुवै सांसद ६० नाघेका छन् । २ (क) बाट निर्वाचित भएका एमालेका श्यामराजा महत ६३ वर्ष तथा २ (ख) बाट निर्वाचित भएका कांग्रेसका जित प्रकाश आले ६० वर्षका छन् ।
नवलपुर १ को प्रदेश सभा (क) बाट निर्वाचित कांग्रेसका महेन्द्रध्वज जिसी ६४ वर्ष भए । गोरखा १ (क) बाट निर्वाचित माओवादीका कृष्ण धिताले ६२ वर्षका भए । कास्की १ (क) बाट निर्वाचित भएका एमालेका खगराज अधिकारी ६० वर्ष लागे ।कास्की ३ (क) का सांसद एमालेका गणेशमान गुरुङ पनि ६१ वर्षका छन् । स्याङजाका २ निर्वाचन क्षेत्रको मत गन्न अझै सुरु भएको छैन । २ (क) मा ६० नाघेका उम्मेद्वारबीच प्रमुख प्रतिश्पर्धा छ भने (ख) मा ५५ र ४५ वर्ष उमेरका उम्मेद्वारबीच प्रतिश्पर्धा हुने छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend