काठमाडौं। दाङमा एक १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना १८ वर्षीय किशोर पक्राउ परेका छन् । प्रहरीले ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार उनलाई पक्राउ गरेको हो।
किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।