Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कतार विश्वकप २०२२ : आज चार खेल हुँदै 


    शुक्रबार, मंसिर ९ २०७९
    580
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आज पनि ४ वटा खेल हुने छन्। पहिलो चरणको खेल सकिएको छ भने आजदेखि समूहमा दोस्रो चरणको खेल सुरु हुने भएको छ।  

    ब्राजिल र सर्बियाबीच हिजो बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक-एक खेल खेलिसकेका छन् । आज समूह ए र बीका दुई दुई खेल हुने छ ।

    जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा समूह बीमा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुने छ । यी दुवै टिम पहिलो जितको खोजिमा रहने छन् ।

    आज समूह एमा रहेका नेदरल्याण्ड्स र इक्वेडर तथा कतार र सेनेगलबीच खेल हुनेछ भने समूह बीमा रहेका इंग्ल्याण्ड र अमेरिका तथा वेल्स र इरानबीच खेल हुनेछ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार