काठमाडौँ। चर्चित अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीअब आगामी सोमबार नै विवाह बन्धनमा बाधिँदैछन्। केहि बर्षबाट प्रेममा रहेका अभिनेता सलोनले एयरहोस्टेज करिश्मासंग यहि मङ्सिर १२ गते लगनगाँठो कस्न लागेका हुन्। ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् ।
अहिले सलोन विवाहको तयारीमा लागि परेका छन् । विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ ।
सलोनको विवाह समारोह भोलि मंसिर १० गते शनिबारबाट सुरु हुने उनका बुबा शोभित बस्नेतले जानकारी दिए। शनिबारबाट सुरु हुने समारोहको रुपमा संगीत , मेहेन्दी र मंसिर १२ गते परिवार र केहि आमन्त्रित अतिथिको उपस्थितिमा चन्द्रागिरिमा विवाहको तयारी र मंसिर १४ गते रिसेप्सन पार्टी दिने तयारी भएको उनका बुबा शोभित बस्नेतले बताए।
करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।