बैतडी । बैतडीबाट प्रतिनिधिसभा सांसदमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएकाछन् । पार्टी प्रदेश अध्यक्षसमेत रहेका भण्डारीले तेश्रो पटक पनि जीत हासील गरेका हुन् ।
उनले २०७० को संविधानसभा निर्वाचन, २०७४ को प्रतिनिधिसभा र २०७९को प्रतिनिधिसभा निर्वाचनमा लगातार जीत हासील गरेका हुन् ।
भण्डारी पहिलो पटक २०७० मा जीत हासील गर्दा अर्थराज्यमन्त्री समेत बनेका थिए । उनले गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुवरलाई पराजीत गरेका हुन् ।
भण्डारीले ३३ हजार ६सय ११ मत प्राप्त गर्दा कुवरको ३२ हजार ८० मत रहेको छ । भण्डारी २०६४ सालमा कुवरसँगै पराजीत भएका थिए । २०७०मा कुवरलाई नै हराएका भण्डारी २०७४ मा भने बाम गठबन्धन हुदाँ कुवर समेतको साथले जितेका थिए । अहिले फेरी कुवरसँगको भिडन्तमा उनी विजयी भएका हुन् ।
यसैगरी बैतडी प्रदेशसभा (क) मा पनि एमालेकै सुरेन्द्र पालले विजय हासिल गरेका छन् । उनले १२ हजार ८सय ३१ मत सहित निर्वाचित हुदाँ स्वतन्त्र उम्मेदवार हरी मोहन भण्डारीले ११हजार १८ मत पाए भने, गठबन्धनका कांग्रेस उम्मेदवार बीर बहादुर बिष्टले १० हजार ९ सय ५३ मत ल्याएका छन् ।
प्रदेशसभा क्षेत्र (ख) मा भने गठबन्धनका कांग्रेस उम्मेदवार शिवराज भट्ट विजयी भएकाछन् । उनले १७ हजार १सय ५२ मत ल्याई निर्वाचित हुदाँ एमालेका लीलाधर भट्टले १६ हजार ७ सय १६ मत प्राप्त गरे । सीपी लोहिया/ न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend