Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कतार विश्वकप: ब्राजिल र पोर्चुगलको खेल आज हुँदै 


    बिहिबार, मंसिर ८ २०७९
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आज बिहीबार समूह ‘जी’ र ‘एच’ का चार खेलहरु हुँदैछन् । नेपाली समय अनुसार पहिलो खेल दिउँसो पौने चार बजे स्विट्जरल्यान्ड र क्यानरुनबीच भिडन्त हुनेछ। 

    यही समूहमा रहेको ब्राजिल र सर्विया भने राति पौने १ बजे  भिड्ने छन् । 
     
    नेपाली समय अनुसार साँझ पौने ७ सात बजे दक्षिण अमेरिकी टोली उरुग्वे र एसियाली मुलुक दक्षिण कोरिया आमुनेसामुने हुनेछन् । यसैगरी राति पौने दश बजे पोर्चुगल र घानाले प्रतिस्पर्धा गर्ने छन्। 

    समूह ‘जी’ मा स्विट्जरल्यान्ड, क्यामरुन, ब्राजिल र सर्विया छन् भने समूह ‘एच’मा उरुग्वे, दक्षिण कोरिया, पोर्चुगल र घाना छन् । 
     

    यस्तै बुधबार भएको खेलमा जर्मनीमाथि जापानले २–१ गोलको पुनरागमन जित दर्ता गरेको थियो भने स्पेनले कोस्टारिका माथि ७–० को फराकिलो जित निकालेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार