Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देही ४ बाट सर्वेन्द्रनाथ शुक्ला विजयी


    बुधबार, मंसिर ७ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा । रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् ।

    ५ हजार २ सय ९६ मतान्तरले  नेपाली कांग्रेसका प्रमोद यादवलाई पछि पार्दै शुक्ला विजयी बनेका हुन् । १३ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ४ बाट शुक्ला २८ हजार मत ल्याई विजयी बनेका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद यादवले २२ हजार ७ सय ४ मत ल्याएका छन् भने तेस्रो स्थानमा जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५ सय २६ मत ल्याए ।

    विजयी भएपनि निर्वाचन कार्यालयले घोसणा गरेको छैन । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमोद कुमार यादवले शुक्ललाई पराजित गरेका थिए । अहिले शुक्लले प्रमोद यादवलाई पराजित गरेका छन् ।

    निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ६ सय ५९ मतदाता रहेकोमा ७७ हजार ६४ जनाले मताधिकार प्रयोग गरेका थिए । प्रत्यक्ष तर्फ भने प्रतिनिधी सभामा ७६ हजार ६ सय ७५ जनाले मत हालेका थिए । 

    यस्तै प्रदेश सभा सदस्यमा १ मा लोसपाकै कन्हैया यादव १५ हजार १ सय ५५ मत ल्याई विजयी बनेका छन भने प्रदेश सभा २ मा नेपाली कांग्रेसका बसिउद्दीन खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भइसकेका छन् । प्रत्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिकतर्फको मतगण्ना सुरु हुनेछ ।  माेहम्मद हबिब/न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार