बारा । बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा रोकिएको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना रोकिएको हो ।
यता एमालेभने मतगणना सुचारू गर्न सबैलाई आग्रह गर्दै मतगणना विथोल्न खोज्ने घेरावार तोडफोड गर्नलाई तत्काल खोजिगरी कारबाही हुनुपर्ने माग गरेको नेपका एमाले नेता भरत बहादुर भण्डारीले बताए । उनले सत्ता र शक्तिको दुरुपयोग गर्ने अधिकार कोहि कसैलाई नभएको र तत्काल मतगणना सुचारू गराउन आग्रह गर्दा समेत सुरु नभएको बताए ।
यसअघि बसेको सर्वदलीय निर्णय अनुसार दुई वा सो भन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि अहिले उनिहरुले सम्बन्धित पालिकाको वडा वडाको छुट्टै गणना गर्नुपर्ने भन्दै विवाद गरेका हुन् ।
यता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिको माग अनुसारनै मतगणना गर्न तयार हुँदासमेत प्रतिनिधि उपस्थित नहुदा मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए ।
प्रतिनिधिसभाको मतगणना रोकिएपनि प्रदेशसभाको मतगणना भने जारी छ । इन्दिप कोइराला/न्युज कारखाना
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend