Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  पल शाहको बीर बिक्रम–२ पनि हिन्दीमा


    बुधबार, मंसिर ७ २०७९
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक भएको छ। मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको उक्त फिल्मको हिन्दी भाषाको ट्रेलरलाई ओएसआर इन्टरनेसनल अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    पछिल्लो समय नेपाली चलचित्रलाई हिन्दी भाषामा स्वराँकन (डब) गरेर भारत तथा अन्य देशमा रिलिज गर्ने क्रम बढेको छ । यो चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतको अभिनय रहेको छ । 

    गत असोजमा फिल्म प्रेमगीत ३ हिन्दी भाषामा भारत नेपाल सहित विभिन्न देशमा रिलिज भएको थियो । सो फिल्मले राम्रो चर्चासँगै मुनाफा पनि कमायो । तर चलचित्र प्रेमगीत ३ भन्दा अघि भारत रिलिजको लागि भनेर चलचित्र बीर विक्रम २ हिन्दीमा स्वराँकन गरिएको थियो । यो चलचित्र स्वराँकन भएको लगत्तै विश्वव्यापी रुपमा कोरोना फैलियो । कोरोनाले भारतका सिनेमा हल पनि लामो समय बन्द भयो । जसका कारण बीर विक्रम २ को हिन्दी भर्सन सिनेमा हलमा रिलिज हुन नसकेको यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् ।

    अब यो फिल्मलाई १५ मँसिरमा ओटिटी प्लेटफर्मबाट रिलिज गरिने भएको छ ।

    आफ्नो फिल्म १५ मंसिरमा ओएसआर इन्टरनेशनलबाट बीर बिक्रम २ फिल्मको हिन्दी डब रिलिज हुने भएको छ । यसको नेपाली भर्सन यूट्युबमा रिलिज भईसकेकाले हिन्दी भर्सन पनि रिलिज गर्न लागेको चाम्सले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार