काठमाडौं। कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आज (बुधबार) ४ खेलहरु हुँदैछन्। आज समूह ‘ई’ का दुई र समूह एफका दुई खेल हुनेछन् ।
पहिलो खेल ३:४५ बजे समूह एफमा रहेका साविक उपविजेता क्रोएसिया र मोरोक्कोबीच हुनेछ। यो खेल अल बेत स्टेडियममा हुँदैछ।
सन् २०१८ को विश्वकप फाइनलिस्ट क्रोएसिया र मोरक्कोबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ।
दोस्रो खेल समूह ‘ई’ का जर्मनी र जापानबीच हुँदैछ। नेपाली समयानुसार ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा यी दुई देशबीचको खेल हुनेछ।
एसियन ‘पावरहाउस’ जापान र विश्वकपको सदाबहार दाबेदार राष्ट्र जमर्नी विश्वकपमा पहिलोपटक आमनेसामने हुँदैछन्।
आजकै तेस्रो खेलमा समूह ‘ई’ कै स्पेन र कोस्टारिका खेल्दैछन्। अल थुमामा रंगशलामा राति ९:४५ बजे यी दुईको खेल हुँदैछ।
त्यसैगरी आजको अन्तिम खेलमा समूह ‘एफ’ को बेल्जियम र क्यानडाबीच हुँदैछ। राति १२:४५ बजे यी दुईको खेल अहमद बिन अलि रंगशालामा हुनेछ।