एजेन्सी। अमेरिकाको भर्जिनियास्थित चेसापेकमा रहेको एउटा डिपार्टमेन्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । उक्त गोली प्रहारमा आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ‘चेसापेक पुलिसले वालमार्टको एक डिपार्टमेन्टमा गोलाबारी भएको पुष्टि गरेको छ । गोलाबारीमा आक्रमणकारीको पनि मृत्यु भएको छ’ चेसापेक शहरले एक ट्वीटमा भन्यो ।
आक्रमणबारे प्रहरीले छानबिन गरेको छ ।