Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ५  घण्टा पाँच मिनेटमा तासको ५० तले घर बनाएर गिनिज रेकर्ड


    बुधबार, मंसिर ७ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। एक जना चिनियाँ युवाले सबैभन्दा छिटो अर्थात ५ घण्टा पाँच मिनेटमा ५० तले तासको घर बनाएर नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

    गिनिज वल्र्ड रेकर्ड्सका अनुसार पूर्वी चीनको सानडोङ प्रान्तको छिङदाओका कार्ड कलाकार टियान रुईले तासको ५० तले घर ५ घण्टा ५ मिनेटमा बनाए । घर १० मिनेटभन्दा बढी ठडिएको थियो। घरको उचाइ ३ दशमलब ३७५ मिटर छ।

    वर्तमान लोकप्रिय डिजिटल युगमा कतिपयले तासहरूको घरलाई एक टेलिभिजन शृंखलाको रुपमा लिन्छन् । अर्कोतर्फ कलाकार भने यसलाई एउटा महत्वपूर्ण कलाको रूप मान्छन् र प्रत्येक तासमार्फत नयाँ उपलब्धि हाँसिल गर्न प्रयास गर्छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार