Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्डोनेसियामा भूकम्पः मृत्यु हुने २६८ पुगे, अझै १५१ जना बेपत्ता


    बुधबार, मंसिर ७ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाली । इन्डोनेसियाको जाभा टापुमा गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउने र घाइते हुनेमा धेरैजसो बालबालिका रहेको उद्धारकर्ताहरूले  बताएका छन् । भूकम्पमा परेर अहिलेसम्म २६८ जनाको मृत्यु भएको छ भने १ हजार जनाभन्दा बढी घाइते भएका छन् ।

    भूकम्पपछि १५१ जना अझै हराइरहेका राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले जनाएको छ । भूकम्पका कारण २२ हजार घरमा क्षति पुगेको र प्रभावित क्षेत्रका ५८ हजारभन्दा बढीलाई सुरक्षित क्षेत्रमा लगिएको थियो । सोमबार जाभाको पहाडी क्षेत्रमा ५ दशमलब ६ म्याग्नेच्यिुडको भूकम्प गएको थियो । पश्चिम जाभा प्रान्तको सियानजुर सहर नजिकको गाउँ नै पुरिएको थियो । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार