Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने 


    मंगलबार, मंसिर ६ २०७९
    950
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत शृंखलाका लागि नामिबिया जानुअघि एक साता भारतमा अभ्यास गर्ने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले आज मंगलबार नामिबिया जाने टोलीलाई बिदाई गरेको हो । नेपाली टोली भारतमा एक साताको अभ्यासपछि नामिबिया प्रस्थान गर्नेछ ।

    नेपाली टोलीलाई क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले बिदाई गरे । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा नामिबिया भ्रमणमा जाने १४ सदस्यीय टोलीको घोषणा गरेको थियो । 

    नेपाली क्रिकेट टोली:
    रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार