Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १९ कम्पनीहरूले गरे लाभांश प्रस्ताव, ९ कम्पनीले मात्रै बोनस सेयर दिने


    मंगलबार, मंसिर ६ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट १९ कम्पनीहरूले हालसम्म लाभांश प्रस्ताव गरेका छन् । नेपाल स्टक एक्सचेञ्‍जमा सूचिकृत कम्पनीहरूको सञ्‍चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेका हुन् ।  जसमध्ये अधिकांश कम्पनीहरूले बोनस सेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् ।

    लाभांश घोषणा गर्नेमा ३ वटा वाणिज्य बैंक, पाँच बीमा कम्पनी, एक लघुवित्त संस्था, एक विकास बैंक, ६ सामूहिक लगानी कोष र तीन अन्य कम्पनी छन् ।

    नेप्सेमा सूचीकृत २४२ मध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् ।अहिलेसम्म प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भएका छन् । बाँकी बैंकहरूले घोषणा गरे पनि सञ्‍चालक समितिले निर्णय गरिसकेका छैनन् ।

    Screenshot (139).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार