Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकाशमान सिंह लगातार चौथो पटक बिजयी, झिनो मतले हारे रविन्द्र मिश्र


    मंगलबार, मंसिर ६ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अनुमानकर्ताहरुले पराजय हुने सर्भेक्षण प्रक्षेपण गर्दा पनि प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर २ मा झिनो मतले बिजय हासिल गरेका छन् । सिंहले प्रकाशमान सिंहले ७१४३ मत प्राप्त गरी बिजय हासिल गरेका छन् । 

    राप्रपाका रविन्द्र मिश्र १२९ मतान्तरले पराजीत भएका छन् । मिश्रले ७०१८ मत पाएका छन् । 

    एमालेका किरण पौडेलले ३५३२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले ३१२४ मत पाएका छन् । नेस्वपाका उम्मेदवार  पुकार बमले ४११५ मत पाएका छन् । क्षेत्र नम्बर १ मा २७०१७ मत खसेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार