Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण : निर्वाचन आयोग


    आइतबार, मंसिर ४ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  निर्वाचन आयोगले मतदानका क्रममा छिटफुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ । आइतबार जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा  अपरान्ह १२ः४५ बजेसम्म झण्डै ३२ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ । 

    सामान्य विवादका कारण रोकिएका मतदान केन्द्रमा पुनः सुचारु भइसकेको केहीमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

    मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको प्रवक्ता शर्मा पौडेलले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार