काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ का प्रदेशसभा ‘ख’ उम्मेदवार दीपक निरौलालाई मतदाता प्रभावित पार्न पैसा बाँडिरहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार राति बुढानीलकन्ठ प्रहरी प्रभागको टोलीले एमालेका तर्फबाट प्रदेशसभाका उम्मेदवार निरौलासहित बुढानीलकन्ठ नगरपालिका ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानीलकन्ठ नगर अध्यक्ष प्रदीप डगोललार्ई मतदाता प्र्रभावित पार्न रकम बाँडेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई बुढानीलकन्ठ ६ का कर्मचारी बुद्धलक्ष्मी तामाङको घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका निरौला एमालेका काठमाडौं जिल्लाका अध्यक्ष पनि हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका ८० प्रतिशत कार्यकर्ताको भावनाबिपरीत जबर्जस्ती टीका लगाएर अध्यक्ष बनाइएका निरौला यसअघि पनि सो प्रदेशसभाबाट सांसद जितेका थिए ।
काठमाडौं ५ मा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्रतिनिधिसभामा उम्मेदवार छन् । उनी २०७४ मा वाम तालमेलका कारण निर्वाचन जित्न सफल भएका थिए । पोखरेलले नै पैसा बाँड्न एमालेका निरौलासहितलाई पठाएको आरोप लागेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend