Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सूर्य थापालार्ई निर्वाचन आयोगको २४ घन्टे स्पष्टीकरणः भेलुबाजेलाई पैसा दिएको हो कि होइन ?


    शुक्रबार, मंसिर २ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सामाजिक संजालमा बिगत २ बर्षदेखि निकै चर्चामा रहेका मीनबहादुर बुढा(भेलु बाजे)लाई २ हजार रुपैयाँ दिएर चुनाव प्रचार गरेको बिषयमा निर्वाचन आयोगले प्यूठानबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका सूर्य थापालाई स्पष्टीकरण सोधेको छ ।

    भेलु बाजेले एमालेले २ हजार दिएर उक्त पार्टीको पक्षमा चुनाव प्रचार गर्न लगाएको अभिब्यक्तिको भिडियो वार्ता नै सार्वजनिक भएपछि आयोगले थापालाई २४ घन्टे स्पष्टीकरण सोधेको हो । भेलु बाजेलाई एमालेका उम्मेदवार थापाको पक्षमा बोल्न लगाएको भोलिपल्टै उनले आफूलाई एमालेले २ हजार दिएर सूर्य चिह्नमा मत दिन भनेको बताएका छन् । 

    आयोगले थापालाई सोधेको स्पष्टीकरणमा उल्लेख छ–‘सूर्य थापालाई ‘मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुनेगरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार