Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागू औषधसहित एक भारतीय नागरिक पक्राउ


    शुक्रबार, मंसिर २ २०७९
    450
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरीले नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेस पुलबाट लागूऔषध सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । भारत विहार पश्चिम चम्पारन घर भएका ४५ वर्षीय विनोद सहनीलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। 

    पक्राउ परेका उनको साथबाट प्रहरीले लागूऔषध स्पास्मो ७ सय १८ पीस, नाइट्राभेट १५ पिस र एकसय एमएलको २ बोतल वनरेक्स बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय त्रिवेणी र सशस्त्र प्रहरी बल नेपाल विओपि त्रिवेणीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई पक्राउ गरेको हो । 

    पक्राउ आरोपीमाथि जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार