Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालको उत्कृष्ट बलिङसंगै युएईले दियो १७७ रनको लक्ष्य


    शुक्रबार, मंसिर २ २०७९
    470
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले उक्त खेल जित्नलाई १७७ रनको लक्ष्य हँसिल गरेको छ। 
    काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज शुक्रबार नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ थालेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनायो। 

    युएईका आयन खानले ५४, अलिशान शराफुले ३३, रोहन मुस्तफाले २४, हजरत बिलालले २० र ओपनर मोहम्मद वासिमले ११ रन बनाए। एक समय ३१.१ ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको युएईका लागि आयन खान र हजरत बिलालले त्कृष्ट साझेदारी गर्दै स्कोर १७६ पुर्याए। 

    युएईलाई पराजित गर्न नेपालका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २–२, सोमपाल कामी र ललितनारायण राजवंशीले १–१ विकेट लिए। नेपाल र युएईबीचको आजको खेल निर्णायक रहेको छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच  १–१ को बराबरीमा रहेको छ।

    सिरिजको पहिलो खेलमा यूएईले नेपाललाई सजिलै ८४ रनले पराजित गरेको थियो । नेपालले दोस्रो खेल ३ विकेटले जित्दै शृंखला बराबरीमा ल्याएको थियो । आजको खेलमा नेपाल जीतसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार