Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीमा एमाले-माओवादी कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते


    शुक्रबार, मंसिर २ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। महोत्तरीमा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले चुनावमा भोट एमालेलाई नै हाल्नुपर्ने बताउदै आक्रमण गरेको स्थानीयले बताएका छन् ।

    स्थानीय रामभुषण साहले एमाले कार्यकर्ताको प्रहारबाट ५ जना घाइते भएको बताए । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।

    आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    newskarkahna-news401534.jpg
    undefined
    newskarkahna-news401531.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार