भक्तपुर । कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको भक्तपुर-२ मा कांग्रेस र एमाले दुवै आफू विजयी हुनेमा ढुक्क छन् । एमाले उेम्मेदबार महेश बस्नेत ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई सजिलै पराजित गरेको भन्दै सोही आधारमा जित निश्चित रहेकाे बताउँछन् । उता, कांग्रेस स्थानीय तह निर्वाचनकाे ताजा जनमतमा आफु र गठबन्धन अघि रहेकाे दाबी गरिरहेकाे छ ।
स्थानीय हत निर्वाचणको मत परिणामअनुसार कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। एमालेभन्दा कांग्रेस दुई हजार पाँच सय ३७ बढी मतले अगाडि छ ।
भक्तपुर-२ मा मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छ । मध्यपुर थिमि नगरपालिका कांग्रेसको गढकाे रुपमा चिनिन्छ। यहाँ निरन्तर कांग्रेसले जित निकाल्दै आएको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा पनि यो कांग्रेसले मेयर जितेको थियो । कांग्रेसले १५ हजार ९८ मत ल्याएर मेयर विजयी भएको थियो । त्यो बेला एमालेले मध्यपुर थिमिको मेयरमा ११ हजार ३५ मात्रै मत पाएको थियो ।
उता, सूर्यविनायकमा भने एमालले मेयर जितेको थियो । एमाले मेयरले १४ हजार सात सय ५८ पाई विजयी भएको थियो भने कांग्रेस मेयरले १३ हजार दुई सय ३२ मत पायो ।
दुवै नगरपालिका अर्थात् भक्तपुर-२ मा कांग्रेस र एमालेले ल्याएको कुल मतको आधारमा कांग्रेस दुई हजार पाँंच सय ३७ मतले अगाडी छ । यद्यपि, एमाले नेता बस्नेत ०७४ सालमा यति मत ल्याएर विजयी भएको भन्दै हिडेका छन् । कांग्रेस उम्मेदबार पनि दुर्लभ थापा भर्खरै भएको स्थानीय तहको निर्वाचण परिणामअनुसार आफू जित्नेमा ढुक्कमा छन् ।
यी दुई नगरपालिकामध्ये मध्यपुर थिमिमा नौ वटा र सूर्यविनायकमा १० वटा गरी कुल १९ वटा वडा छन् । यीमध्ये सबैभन्दा बढी कांग्रेसले ११ वटा वडा, एमालले सात वटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एउटा वडामा वडा अध्यक्ष विजयी भएको थियो ।
यस क्षेत्रमा कांग्रेस, एमाले, नेमकिपासहित राप्रपाका मोहन केसी, जनता समाजवादी पार्टी दिलबहादुर तामाङ, नेपाल विवेकशिल पार्टीका शशीविक्रम कार्की गरी कुल २६ जना उम्मेदबार मैदानमा छन् । जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरले जनाएअनुसार यहाँको कुल मतदाता ९१ हजार नाै सय ११ छन् । यहाँं एक सय सात मतदान केन्द्र छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend