Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवेदनशील मतदानस्थलमा निर्वाचन आयोगले हेलिकप्टरबाट पनि अनुगमन गर्ने


    बिहिबार, मंसिर १ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  निर्वाचन आयोगले सुरक्षा संवेदनशीलता हेरेर केही मतदानस्थलको हेलिकप्टरबाट पनि अनुगमन गर्ने जनाएको छ । बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले त्यस्ता सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको समेत बताएका छन् । 

    यसअघिका चुनावमा बुथ क्याप्चर गरेका मतदानस्थल र संवेदनशील मतदान स्थलको विश्लेषण गर्दा विशेष सूचीमा राखेको र हेलिकप्टरबाट समेत अनुगमन गर्ने उनले बताए ।  यस्तै नेपालको सीमा क्षेत्र क्षेत्र ७२ घण्टादेखि बन्द गर्ने र यसका लागि सम्बन्धित पक्षसँग छलफल गरेर कार्यान्वयन हुन लागेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार