१० दिनभित्र बस्ती खाली गर्न भनेपछि प्रदर्शनमा उत्रिए सुकुम्बासीहरु
बिहिबार, मंसिर १ २०७९
2.2K
Shares
१ मिनेट पाठ
2.2K
सेयर
काठमाडौंको । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति काठमाडौँले उपत्यकाका नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेपछि सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् ।
उनीहरू आज बिहीबार दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भएका थिए। त्यहाँबाट उनीहरू बानेश्वरतर्फ लागेका हुन्। नागरिक समाजले पनि उक्त आन्दोलनलाई समर्थन गरेको छ। उनीहरुले उठिवासको त्रास देखाएको, हाम्रो मानव अधिकार खोइ, संविधान विपरित निर्णय लिन पाइदैन भनेर नारा लगाएका थिए ।
undefined
१० दिनभित्र बस्ती खाली गर्न भन्दै समितिले उक्त सूचना जारी गरेपछि त्यसरी उठिबास लगाउन लागेको भन्दै सुकुम्बासी बस्तीका मानिसहरूले आन्दोलन गरेका हुन्।
उक्त प्रदर्शनमा ५ हजार बढी सुकुम्बासीहरू सहभागी भएको अभियानकर्ताले बताएका छन्।