झापा । नेकपा एमालेले जनताको बलिदानबाट स्थापित गणतन्त्र मास्ने र निरंकुश राजतन्त्र स्थापना गर्ने राप्रपासँग तालमेल गरेपछि त्यो पार्टीका केन्द्रीय सदस्य तथा विवादास्पद व्यवसायी दुर्गा प्रसाईँ बिरोधमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा आफू हार्ने भएपछि झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गरेपछि प्रसाई बिरोधमा उत्रिएका हुन् । उनले राप्रपाका राजेन्द्र लिङ्देनलाई हराउन लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई समर्थन गर्ने भएका छन् । उनले बिहीबार कांगे्रेस नेता सिटौलालाई भेटेर झापा ३ मा उनलाई सहयोग गर्ने संकेत गरेका छन् । प्रसाईले सिटौलाका लागि मत मागिरहेका छन् ।
हजुरबा (ओली)ले भने पनि आफूले लिङ्देनलाई मत नदिने सार्वजनिक घोषणा गर्दैआएका प्रसाईको औपचारिक रुपमै सिटौलासँगको तस्वीर सार्वजनिक भएको हो । बुधबार मात्र सिटौला र प्रसाईंबीच भेट भएको थियो । उक्त भेटमा प्रसाईं र सिटौलाले हात जोडेर एकतावद्ध भएको सन्देश दिनेगरी फोटो खिचाएर सार्वजनिक गरेका छन् ।
झापा ३ मा राप्रपाका लिङ्देनलाई समर्थन गरी गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएका कांग्रेसका नेता सिटौला हराउन खोजेपछि एमालेभित्रै चर्को बिरोध भएको छ । एमालेका पुराना नेता डम्बर गिरीेले त पार्टीको निर्णयबिरुद्ध स्वतन्त्र उम्मेदवारी नै दिएका छन् । झापा ५ मा पराजित हुने भएपछि ओलीले लिङ्देनलाई समर्थन गरेपछि एमालेमा चर्को असन्तुष्टि छ । ओलीको स्वार्थका लागि हरेक पटक राप्रपालाई छाडेकाले सो क्षेत्रमा एमालेको संगठन नै क्षतबिक्षत भइसकेको छ । एमालेको साख जोगाउन र प्रतिगमनकारीलाई पराजीत गर्न यो पटक लिङ्देनलाई हराउने र गणतन्त्र स्थापना गर्ने मध्येका मुख्य भूमिका निभाएका सिटौलालाई जिताउने अभियानमा प्रसाईमात्र होइन, धेरै एमाले नेता–कार्यकर्ता लागेका छन् ।
झापाको बिर्तामोडमा बी एण्ड सी अस्पताल सञ्चालन गर्दै आएका प्रसाईंको झापा–३ क्षेत्रमा राम्रै प्रभाव रहेको मानिन्छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend