Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भन्सार छली ल्याएको डेढ करोड रुपैयाँ बराबरको अवैध समान बरामद


    बिहिबार, मंसिर १ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • रसुवा।  सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले भन्सार छली ल्याएको करिब डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

    भन्सार छली सीमा इलाकाको अस्थायी ड्राईपोट रसुवामा राखिएको अवस्थामा बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो ।

    अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक गुरुङ कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो ।

    उक्त बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । newskarkahna-news400820.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार