Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थिर समय मंसिर १ गते राति १२ बजे पछि शुरु हुन्छ : आयुक्त भण्डारी


    बुधबार, कार्तिक ३० २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । निर्वाचन आयोगले मंसिर ४ मा हुने  चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो। 

     स्थिर समय सुरु भएपछि   चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिएका छन्। केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका  भण्डारीले भिडियो सन्देशमार्फत् सो  विषय जानकारी गराएका हुन् । यसअघिका निर्वाचनमा मतदानअघिको ४८ घण्टाको समयावधिलाई ‘मौन अवधि’ भन्ने गरिएकोमा अहिले स्थिर अवधि भनिएको छ । 

    भिडियो : निर्वाचन आयोग  

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार