काठमाडौँ। दोलखाको सदरमुकाम चरिकोटमा आज बुधबार विष्फोट भएको छ।
जिल्लाको भीमेश्वर नगरपालिकामा विष्फोटको आवाज सुनिएको एक स्थानीयले बताए । भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोटको आवाज आएपछि घटनास्थलमा प्रहरी पुगेर अहिले अनुसन्धान गरिरहेको छ ।
सातदोबाटोस्थित फोहोर फाल्ने ठाउँमा विष्फोटको आवाज सुनिएको दोलखाका डीएसपी गंगा पौडेलले बताए । उक्त विष्फोट भएको घटनास्थलमा तार वा बमको कुनै टुक्रा फेला परेको छैन ।
यस घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पौडेलले बताए।