Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से दोहोरो अंकले बढ्यो


    बुधबार, कार्तिक ३० २०७९
    950
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज बुधबार बजार परिसूचक नेप्से १३.४० अंक (०.७१ प्रतिशत) ले वृद्धि भएर १९११.२६ अंकमा बन्द भएको छ ।

    बुधबार म्युचुअल फण्ड र व्यापार उपसूचक बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । आज हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनी उपसूचक भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । बुधबार नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब माथिको बराबर भएको बजारमा बुधबार २४ लाख ९५ हजार ६१२ कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजारको कारोबार भएको छ ।

    यसैगरी रिडी हाइड्रोपावरको सर्वाधिक ६ करोड ३ लाख ३९ हजारको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ४ करोड १ लाख ९१ हजार र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८१ लाख २६ हजारको कारोबार भएको छ ।

    यता बुधबार नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १४१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको स्थिर छ । बुधबार कारोबार भएकामध्ये सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गणपति लघुवित्तको सेयर मूल्य ७.७१ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ५.५३ प्रतिशतले बढेको छ । 

    यता जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.१३ प्रतिशतले गिरावट हुँदा सबैको लघुवित्तको सेयर मूल्य ३.६८ प्रतिशत तथा विशाल बजार कम्पनीको सेयर मूल्य २.८४ प्रतिशतले घटेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार